​आइएसद्वारा सिरियामा रहेको २ हजार वर्ष पुरानो स्मारक ध्वस्त

सोमबार, असोज १८, २०७२ साल,
काठमाडौं । सिरियाको उत्तरी क्षेत्र पल्माइरा शहरमा इस्लामिक अतिवादी समुह आईएसले फेरि अर्को पुरातात्विक महत्वको स्मारक ध्वस्त पारेको छ ।

गत मेमा शहर नियन्त्रणमा लिएको आइएसले करिब २ हजार वर्ष पुरानो उक्त स्मारक ध्वस्त पारेको हो ।

यसअघि आइएसले पल्माइराको दुई वटा प्राचिन मन्दिर ध्वस्त पारेको थियो । युनेस्कोले ती मन्दिर विश्व सम्पदा सूचीमा सूचिकृत गरेको थियो ।

युनेस्कोका निर्देशक इरिना कोकोभाले स्मारक ध्वस्त भएको घटनालाई युद्ध अपराध भन्दै आइएस विरुद्ध एक हुन विश्व समुदायलाई आग्रह गरेका छन् ।

सिरियामा गृहयुद्ध सुरु हुनु अघि प्रत्येक वर्ष १ लाख ५० हजार भन्दा पर्यटकले पल्माइरा भ्रमण गर्ने गर्दथे । (एजेन्सी)

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411