​स्टार खेलाडीहरुको गोल वर्षाले बार्सीलोनाको शानदार जित

शुक्रबार, पौष २५, २०७१ साल,
पुस २५ । स्पेनिस किङ्स कप फुटबल अन्तर्गत गएराति भएको खेलमा बार्सीलोनाले एल्चेलाई ५-० को फराकिलो अन्तरले हराएको छ।

ला लिगा अन्तर्गतको पछिल्लो खेलमा पराजित हुँदै आएको बार्सीलोनाले किङ्स कपमा उत्कृष्ट लय समातेको हो। आफ्नै घरेलु मैदानमा स्टार खेलाडीले भरिएको टिमका लागि विजयी गराउन नेईमारले दुई, लुईस सुवारेज, मेस्सी र योर्डी अल्बाले एक एक गोल गरेका थिए।

यसअघि लिग अन्तर्गत रियाल सोसीडाड विरुद्धको खेलमा प्रशीक्षक लुईस एन्रीकेले स्टार खेलाडीहरु मेस्सी र नेईमारलाई बेन्चमा राखेर अरूलाई खेलाएका थिए।

स्पेसिन किङ्स कप अन्तर्गत गएराती भएको अर्को खेलमा सेभियाले ग्रानाडालाई २(१ ले हराएको छ । एजेन्सी

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411