​यू-१९ प्रिमियर क्रिकेटमा नेपालको विजयी सुरुवात, साउदी १९५ रनले पराजित

आईतवार, कार्तिक २३, २०७१ साल,
२३ कात्तिक, काठमाडौं । कुवेतमा सुरु भएको एसीसी यू-१९ प्रिमियर क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले साउदी अरेबियालाई १९५ रनले पराजित गरेको छ ।

नेपालले प्रस्तुत गरेको ३२२ रनको लक्ष्य पछ्याएको सारदी १२६ अल आउट भयो । उसलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सुशील काडेलले ३ विकेट लिए । दिपेश श्रेष्ठ र सुनिल धमलाले २ र प्रेम तामाङले एक विकेट लिएका छन् ।

यसअघि सुलाबिया मैदानमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले अन्तिम बल बाँकी छँदा सबै विकेट गुमाएर ३२१ रन बनायो । ४७ रनमा सुरुवाति दुई रन गुमाएको नेपालका कप्तान राजु रिजाल र शंकर रानाले तेस्रो विकेटका लागि १४९ रनको साझेदारी गरे ।

कप्ता रिजाल मात्र एक रनले अर्धशतक बनाउन चुके । ४५ बलको सामना गरेका उनले दुई चौकाको मदतमा ४९ रन बनाए । चौथो विकेटका रुपमा शंकर राना आउट भए । आक्रामक व्याटिङ गरेका उनले ८२ बलमा ११ चौका र २ छक्काको मदतमा ८९ रन बनाए ।

दिपेन्द्र ऐरीले ४२ रन बनाए । नेपालका लागि आरिफ शेखले ३३, ओपन सुनिल धमलाले २६ र शौरभ खनालले २३ रन बनाए ।

नेपाल र साउदी अरेबिया अण्डर १९ मा ५ वर्षपछि आमने सामने भएका हुन् । २००९ को एलिट कममा नेपालले १३७ रनको फराकिलो जित हात पारेको थियो, जुन खेलमा पुछारका व्याट्सम्यान अमृत भट्टराईले ८२ रन बनाएका थिए ।

६ देशका सहभागिता रहेको प्रतियोगितामा नेपालसँगै अफगानिस्तान, युएई र मलेसियालाई उपाधि दावेदारका रुपमा हेरिएको छ । आयोजक कुवेत पनि बलियो टोली हो ।

अफगानिस्तानको टोलीमा फर्ममा देखिएको छ । कुवेत पुग्नु अघि अफगानिस्तानले पाकिस्तानी टोलीसँग तीन खेल खेलेको छ, जसमा दुईमा जित र एकमा हार व्यहोरेको छ ।

नेपालले भने झण्डै एक महिनाको तयारी गरेको छ । राजु रिजाल कप्तान रहेको नेपाली टोलीमा अन्तराष्ट्रिय अनुभव कम छ । यद्यपि आरिफ शेखसहितको उपस्थितिले टोलीको मनोबल बढेको छ ।

यसअघि युथ एसिया कप र एलिट कपका नाममा भएको यो प्रतियोगिता नेपालले चार पटक जितेको छ । नेपालले पछिल्लो पटक २००७ मा पारस खड्का कप्तान हुँदा जितेको थियो । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411