​भारतलाई चिढ्याए नेपाललाई नै हानी हुन्छ : डा बाबुराम भट्टराई

शुक्रबार, कार्तिक १३, २०७२ साल,
​नवलपरासी । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालले भारतलाई धेरै चिढाउन नहुने बताएका छन् । नवलपरासीको सुनवलमा पत्रकारहरुसँग नेता भट्टराईले भारतलाई चिढाएर नेपाललाई नै हानी हुने भन्दै नेपालले भारत र चीनलाई जोड्न नेपालले सेतुको काम गर्नुपर्ने बताए ।

भारतको जायज मागलाई नेपालले सम्बोधन गर्नुपर्ने भन्दै उनले आफूले निर्माण गर्न लागेको नयाँ पार्टी एक महिनाभित्र घोषणा हुने पनि उल्लेख गरे ।

नयाँ पार्टी गठनकै लागि आफूले केन्द्रदेखि जिल्लास्तरका विभिन्न पार्टीका नेता, उद्योगी, व्यवसायी र नयाँ सोच–विचार बोकेका व्यक्तिसँग भेटघाट तीब्र बनाएको जानकारी दिए ।

आइतबार मात्रै भट्टराईले एमाओवादीका अध्यक्ष प्रचण्डसहितका केही नेतालाई भ्रष्टाचारको अभियोगमा अख्तियारले समात्ने अभिव्यक्ति दिएका थिए । एमाओवादी भ्रष्टाचारीको अखडा भएको आरोपसमेत उनको थियो ।  

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411