​नबिल बैंकले ३० प्रतिसत बोनस सेयर र ६.८४ प्रतिसत नगद लाभांस दिने

आईतवार, असोज १७, २०७२ साल,
काठमाडौं । नविल बैंकले लगानीकर्तालाई ३० प्रतिसत बोनस सेयर दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले ३० प्रतिसत बोनस सेयर र ६.८४२ प्रसितत नगद लाभांस प्रस्ताव गरेको हो । 
 
बैंकले प्रस्ताव गरेको यो लाभांसको दर गत वर्षभन्दा कम हो । गत वर्ष सेयर लगानीकर्तालाई बैंकले २० प्रतिसत बोनस र ४५ प्रतिसत नगद लाभांस दिएको थियो । 
 
आइतबार सेयर बजार बन्द भएपछि यो बैंकले बोनस तथा लाभांसको घोषणा गरेको हो । बैंकले गरेको यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंककै आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 
 
बैंकले यो बोनस वितरण गर्दा चुक्ता पूँजीमा एक अर्ब नौ करोड ७२ लाख रुपैयाँ थपिनेछ । बोनस वितरण पछि बैंकको चुक्ता पूँजी चार अर्ब ७५ करोड रुपैयाँ पुग्छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411