​सेयर बजार पाँच अंकले बढ्दा एभरेष्ट बैंकको ११ करोडको कारोबार

आईतवार, असोज १७, २०७२ साल,
काठमाडौं ।  भारत सरकारले नाकाबन्दी खुलाउने खबरहरु बाहीर आउदा केही उत्साहीत भएका लगानीकर्ता नाकाबन्दी यथावत रहेपछि केहि निराश बनेका छन । यद्यपी आईतबार शेयरबजार परिसूचक नेप्से भने झण्डै पाँच अंकले बढेको छ । यसदिन एभरेष्ट बैंकको मात्रै ११ करोड बढिको कारोबार भएको छ भने कमाउनेको  अग्रपंत्तिमा पश्चिमाञ्चल  र एभरेष्ट फाइनान्स परेका छन ।

आइतबार शेयरबजार परिसूचक नेप्से ४.७४ अंकले बढेर ११८३.४८ अंकमा पुगेको छ । कुल ११३ कम्पनीको कारोबार भएको बजारमा २ हजार ४ सय ६९ कारोबारबाट ७ लाख २२ हजार कित्ता शेयर ४९ करोड ३० लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । आइतबार बजारमा कारोबार भएकामध्ये अधिकांश समूहको सूचक सकरात्मक रह्यो । बिमा समूह ३५ अंक तथा बैंकिङ समूह ५ अंकले बढेको छ। होटल समूह २७ अंकले घटेको छ भने अन्य समूह सामान्य घटबढमा रहे। 
 
आइतवार कुल १ सय १३ कम्पनीको ७ लाख २१ हजार कित्ता सेयर किनबेच भयो। ति सेयरहरुबाट ४९ करोड ३० लाख रुपैयाँ बराबरको कारोवार भयो। 
 
एभरेष्ट बैंकको सबैभन्दा धेरै ११ करोड बढीको सेयर कारोवार भएको छ। एनआईसी एसिया तथा नेपाल इन्भेष्टमेन्ट बैंक संस्थापकतर्फको सेयर कारोवार पनि उच्च रह्यो।
 
पश्चिमाञ्चल फाइनान्स र एभरेष्ट फाइनान्सका लगानीकर्ताले झण्डै १० प्रतिशत सेयर नाफा कमाएका छन्। अरुण फाइनान्सका लगानीकर्ताले भने प्रतिशतका आधारमा सबैभन्दा धेरै सेयर मूल्य गुमाए। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411