फास्ट ट्रयाक भारतलाई बनाउन नदिने अर्थ समितिको निष्कर्ष, मन्त्री निधीको प्रस्ताव उल्टायो

आईतवार, असोज १७, २०७२ साल,
काठमाडौं । काठमाडौं-तराई फास्ट ट्रयाक नेपाल सरकारले नै निर्माण गर्नुपर्ने निष्कर्ष व्यवस्थापिका संसदको अर्थ समितिले निकालेको छ ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले नेपालले लगानी गर्ने अवस्थामा फाष्ट ट्रयाक निर्माण नेपाल आफैँले गर्नुपर्ने निष्कर्षसहितको उपसमितिको प्रतिवेदन पारित गर्दै सो सम्बन्धी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।

भौतिक योजना तथा निर्माण मन्त्री बिमलेन्द्र निधीले एकसाता पहिलेमात्र फाष्ट ट्रयाक निर्माणको काम भारतलाई दिनुपर्ने प्रस्ताव मन्त्री परिषद्मा पेश गरेका थिए ।

काठमाडौं र तराई जोड्ने छोटो मार्गकारुपमा निर्माण हुन लागेको फष्ट ट्रयाक निर्माणमा भारतले प्रभावकारी काम गर्न सक्ने भन्दै उनले यस्तो प्रस्ताव गरेका थिए । मन्त्री निधीको प्रस्तावलाई उल्ट्याउँदै समितिले उपसमितिको निष्कर्ष सहितको प्रतिवेदन पारित गरेको हो ।

अर्थ समिति सभापति प्रकाश ज्वालाले नेपालले नै फाष्ट ट्रयाक निर्माण गर्नसक्ने अवस्था रहेको निष्कर्ष उपसमितिको प्रतिवेदनमा आएको र त्यसै अनुरुप व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिने निर्णय गरिएको बताए ।

‘नेपालले लगानी गर्न सक्ने अवस्था हुँदाहुँदै अन्य मुलुकलाई किन निर्माणको काम सुम्पने भन्ने आधारमा उपसमितिको अध्ययन प्रतिवेदनमा नेपालले ट्रयाक निर्माण गर्नुपर्ने उल्लेख छु, समितिका सभापति ज्वालाले भने, ुयसलाई समितिले पारित गरेको छ । अब फाष्ट ट्रयक निर्माणको काम नेपालले गर्नेगरी सरकारलाई समितिले त्यसै अनुसारको व्यवस्था मिलाउन निर्देशन दिनेछ ।’

समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई तीब्ररुपमा अघि बढाउनु पर्ने निर्णय समेत गरेको छ । विमानस्थल निर्माणको काम सुरु हुन नसकेको भन्दै जतिसक्दो छिटो निर्माण थालनी गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।

देशमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएको अवस्थामा बैकल्पिक विमानस्थलका सम्बन्धमा चर्को आवाज उठ्दा समेत त्यस सम्बन्धमा ठोस निर्णय हुन नसकेको हो ।

विमानस्थल निर्माणका सम्बन्धमा भएका चर्चाको अनुपातमा निर्माणको प्रकृयाको सुरुवात नै सुस्त भएपछि समितिले यस्तो निर्णय गरेको हो ।

विमानस्थाल निर्माणका लागि चार किल्ला छुट्याउने बाहेकका कुनै पनि काम अझैसम्म सुरु भएको छैन ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411