चीनसँगको नाका तत्काल खुल्दैन: अर्थमन्त्री महत

आईतवार, असोज १७, २०७२ साल,
विराटनगर । अर्थमन्त्री डा रामशरण महतले अति आवश्यक सामाग्री नेपाल भित्राउन चीनसँगको नाका तत्कालै नखुल्ने बताएका छन् । भारतले अघोषित नाकावन्दी गरेपछि नेपालमा पेट्रोलियम पदार्थको अभाव चुलिएसँगै चीनसँग जोडिएका नाका खोल्ने कुरा भइरहँदा अर्थमन्त्रीको यस्तो भनाइ आएको हो ।

‘भूकम्पको कारण सडक संरचना विग्रिएको छ,’ विराटनगरमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै महतले भने, ‘सडक संरचनाले पूर्णता पाउन अझै केही समय लाग्छ, यसले गर्दा तत्काल नाका खुल्ने अवस्था छैन ।’

महतले भौगोलिक अवस्था जटिल भएका कारण पनि चीनको नाका खोलिहाल्ने अवस्था नरहेको उनले प्रष्ट्याए ।

महतले नेपालसँग जोडिएका मुख्य नाकामा मधेसी मोर्चाले गरेको धर्नाले जनता भोकभोकै पर्ने भन्दै तत्काल वार्तामा आएर समस्याको निकास खोज्न आन्दोलनरत पक्षलाई आग्रह गरे ।

विराटनगरमै आयोजित एक अर्को कार्यक्रममा महतले संविधान जारी भएसँगै मुलुक आर्थिक विकासको चरणमा प्रवेश गरेको बताए । अब आर्थिक विकासबाट नै गरिबी निवारण हुने उनको भनाइ थियो ।

विराटनगरमा जारी जैन चतुर्मासमा आज जैन विश्व भारती संस्थानको नवौं दीक्षान्त समारोहमा अर्थमन्त्री महतले भने ,’अब हामी सँधै गरिब देशका नागरिकका रुपमा बस्न सक्ने अवस्था छैन । अबको यात्रा आर्थिक विकास नै हो ।’

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411