रिलायबल रेमिट र निर्धन उत्थान बैंकबीच रेमिट्यान्स सम्झौता

शुक्रबार, असोज १५, २०७२ साल,
काठमाडौं । रिलायबल रेमिट र निर्धन उत्थान बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ ्र रिलायबल रेमिट तथा रिलायबल डेभलपमेन्ट बैंकका सहायक महाप्रबन्धक दिपेन्द्र कडरीया र निर्धन उत्थान बैंकका नायब महाप्रबन्धक भोजराज बस्यालले सम्झौतामा हस्ताक्षर गरे । 
 
सम्झौतापछि निर्धन उत्थान बैंकका सबै शाखाबाट रिलायबल रेमिटको रेमिटेन्स सेवा प्राप्त गर्न सकिने छ ।  काठमाडौँको नक्सालमा केन्द्रिय कार्यालय रहेको निर्धन उत्थान बैंकको कुल १८७ शाखाबाट सेवाग्राहीले देश विदेशबाट आएको भुक्तानी प्राप्त गर्नुका साथै आन्तरिक विप्रेषण मार्फत देशभर छरिएर रहेको २७०० भन्दा बढी संजाल मार्फत विभिन्न बाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी तथा संघ संस्थामा नगद तथा खातामा जम्मा गर्न सकिने छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411