शेष घलेले घोषणा गरे एक अर्वको परोपकारी कोष

बिहीवार, पौष २४, २०७१ साल,
काठमाडौं पुष २४ । गैर आवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष शेष घलेले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने गरी एक अर्ब रुयैंयाको परोपकारी कोष स्थापना गर्ने घोषणा गरेका छन्।

बिहीबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमार्फत् घलेले सो घोषणा गरेका हुन्। एमआइपी ग्रुप फाउेण्डेशनमार्फत् कोष सञ्चालन गर्ने घलेले जनाए।

एनआरएनले नेपालमा खासै लगानी गर्न नसकेको भन्दै आलोचना भइरहेको बेला अध्यक्ष घलेले एक अर्व रुपैंयाको परोपकारी कोष स्थापनाको घोषणा गरेका हुन्। अध्यक्ष घलेकै सक्रियतामा एनआरएन भवन काठमाडौंमा निर्माण हुने भएको छ।

एनआएनले काठमाडौंमा होटल सञ्चालन गर्नेगरी शिलान्यास भइसकेको छ। घले अष्ट्रेलियाका धनीहरुको सूचिमासमेत समावेश छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411