​नेप्से २.५४ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

बिहीवार, असोज १४, २०७२ साल,
काठमाडौं । बैंक तथा वित्तीय सस्थाहरुले आफ्नो पूँजी बृद्धिका योजना सार्वजनिक गरेपनि सेयर बजारमा भने सकारात्मक प्रभाव देखिएन । भारतले अघोषित नाकाबन्दी गरेपछि बजारमा निकै अन्यौंल देखिँदा नेप्से परिसूचकमा असर परेको हो । 

एभरेष्ट बैंकले २०२ करोड बराबरको बोनस सेयर दिने आफ्नो पूँजी बृद्धिको योजना सार्वजनिक गरेपछि लगानीकर्ताको ध्यान पनि यही बैंकमा केन्द्रित देखिएको छ । साताको अन्तिम कारोबार हुने दिन विहीबार एभरेष्ट बैंकको करिब नौं करोड रुपैयाँको सेयर किनबेच भयो । 
 
एउटै बैंकको यति धेरै मूल्यको सेयर किनबेच हुँदा पनि कारोबार रकममा भने सुधार देखिएन । दिनभरमा नेप्से २.५४ अंकले घट्यो भने कारोबार रकम पनि १५ करोड रुपैयाँले घट्यो । एभरेष्टले सतप्रतिसत बोनस सेयर दिने योजना सार्वजनिक गर्दा पनि बजार भने प्रतिकित्ता १० रुपैयाँले मात्रै बढ्यो । यो बैंकको सेयर प्रतिकित्ता ३३ सय रुपैयाँमा कारोबार भयो । 
 
एभरेष्ट बाहेक लक्ष्मी र कुमारी बैंकको मात्रै सेयर मुल्य बढ्यो । अन्य बाणिज्य बैंकका लगानीकर्ताले भने विहीबार गुमाएका छन् । त्यस्तै अधिकांस इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि घट्यो । 
 
दिनभरमा ४४ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस मध्ये २५ करोड ८६ लाख रुपैयाँ बाणिज्य बैंक समूहको कारोबार भएको छ । विकास बैंक समूहको पाँच करोड रुपैयाँको, फाइनान्सको चार करोड ९६ लाखको र इन्स्योरेन्सको तीन करोड ६५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411