​बैङ्कर रविनालाई सिंगापुरमा अन्तर्राष्ट्रिय अवार्ड

बिहीवार, पौष २४, २०७१ साल,
काठमाडौं पुस २४ । मेगा बैङ्कका नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठले सिंगापुरबाट प्रदान गरिने अन्तर्राष्ट्रिय अवार्ड ग्रहण गरेकी छन्  । इन्डोनेसियाका राजाको प्रमुख आतिथ्यतामा सिंगापुरमा भव्य समारोहकाबीच उनलाई ‘लेडी अफ एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको हो । अवार्ड वितरण समारोहमा उनी नेपाली झण्डासहित उपस्थित थिइन् ।

गत कात्तिकमै घोषणा गरिए पनि यही सोमबार मात्रै यो अवार्ड प्रदान गरिएको हो । अवार्डका लागि मनोनयनमा परेका एसियाका ६ सय १३ जना महिलामध्ये उनी २० जना भित्र छानिएकी थिइन् । अवार्डका लागि २७ ओटा राष्ट्रका सफल महिला, उद्यमी एवं व्यवसायीहरु प्रतिस्पर्धामा थिए । बैंकिङ क्षेत्रसँगसँगै देशको आर्थिक विकास, मानवीय तथा सामाजिक कार्यमा विशेष योगदान पु¥याएका कारण श्रेष्ठलाई छनौट गरिएको पुरष्कार प्रदान गर्ने संस्था एसईएसियाले जनाएको छ ।  
 
अवार्डबाट आफू अत्यन्तै उत्साहित भएको श्रेष्ठले बताइन् । ‘नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा थप सक्रिय रहन मलाई यस अवार्डले प्रोत्साहन मिलेको छ । यसले आगामी दिनमा सिंगापुरबाट अरु नेपालीलाई पनि अवार्ड प्राप्त गर्ने बाटो खुलेको छ,’ अवार्ड ग्रहण गरेपछि श्रेष्ठले भनिन् ।  

बैङ्कर श्रेष्ठले यसअघि गत भदौ २१ गते पनि मलेसियाबाट प्रदान गरिने ‘२१ औं शताब्दी गोल्डेन फोनिक्स अवार्ड’ पनि जितिसकेकी छन् । अवार्डका लागि नेपालबाट इप्लानेट प्रालिका सन्तोष सापकोटाले मनोनयन गरेका थिए । 
अवार्ड विजेता श्रेष्ठ मेगा बैङ्क नेपाल लिमिटेडको नायब महाप्रबन्धकका साथै चिफ बिजेनश अफिसर छिन् । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411