​प्रिमियर फिनान्स किन्न सिटिजन्स बैं‌कलाई अनुमति, प्रतिकित्ता २८ रुपैयाँमा किन्ने

बुद्धबार, असोज १३, २०७२ साल,
काठमाडौं । प्रिमियर फिनान्स कम्पनी किन्न (एक्विजिसन गर्न) सिटिजन्स बैंक इन्टरनेशनलले अनुमति पाएको छ ।  नेपाल राष्ट्र बैंकको मंगलबार बसेको बोर्ड बैठकले सिटिजन्सलाई प्रिमियर फाइनान्स किन्न अनुमिति दिएको हो । 

‘मंगलबारको बोर्ड बैठकले सिटिजन्सलाई प्रिमियर फिनान्स किन्न अनुमति दिने निर्णय गरेको हो । 
 
सिटिजन्सले यस अघि दुई वटा फाइनान्स कम्पनी किनि सकेको छ । यो बैंकले नेपाल हाउजिङ र पिपुल्स फाइनान्स किनेको हो । 
 
सिटिजन्सले प्रिमियर फिनान्स प्रतिकित्ता २८ रुपैयाँको दरमा किन्न लागेको हो । यो मुल्यमा फाइनान्स किन्न सिटिजन्स बैंकको चुक्ता पूँजीमा पाँच करोड रुपैयाँ थपिन्छ । यो फिनान्सको चुक्ता पूँजी १२ करोड रुपैयाँ छ । 
 
प्रिमियरको निक्षेप करिब ७० करोड रुपैयाँ र कर्जा लगानी पनि ७५ करोड रुपैयाँको हाराहारीमा छ । सिटिजन्स बैंकले यो फाइनान्स कम्पनी किन्दा निक्षेप ३६ अर्ब रुपैयाँ पुग्ने र कर्जा ३१ अर्ब रुपैयाँ पुग्नेछ । प्रिमियरको दुई वटा शाखा छन् । सिटिजन्सले यो फिनान्स किनेपछि कुल शाखा ५८ वटा पुग्नेछ । 
 
सिटिजन्स बैंकले असोज २८ गते साधारण सभा बोलाएको छ । यही साधारण सभाले प्रिमियर किन्ने निर्णय गर्नेछ । दुबै सस्थाले यस पछि पुन विशेष साधारण सभा बोलाएर किन्ने र बेच्चे अन्तिम निर्णय गर्नुपर्ने छ ।
 
बैंकको साधारण सभाले २० प्रतिसत बोनस सेयर वितरण गर्ने निर्णय गर्दैछ । बोनस सेयर वितरण पछि बैंकको चुक्ता पूँजी तीन अर्ब ६ करोड रुपैयाँ पुग्छ । प्रिमियरको पाँच करोड थपिँदा चुक्तापूँजी तीन अर्ब ११ करोड रुपैयाँ पुग्छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411