नेप्सेमा १२ अंकको सुधार सबै समूह उकालो लागे, ५९ करोड २४ लाख रुपैयाँ बराबरमा किनबेच

बुद्धबार, असोज १३, २०७२ साल,
काठमाडौं । भारत सरकारले अघोषित नाकाबन्दीले सुस्ताएको सेयरबजार पछिल्ला दुईदिन भने लगातार उकालो लागेको छ । दुई दिनमा शेयर बजार २२ अंकले उकालो लागेको छ । 

 मंगलबार करिब दश अंकले बढेको नेप्से बुधबार झण्डै १२ अंकले उकालो लागेको छ । नेप्सेमा हरियाली छाउँदा एभरेष्ट बैंकले ८ करोड बढिको कारोबार गरेको छ ।

ग्लोबल आइएमई बैंकको ९२ हजार भन्दा बढि कित्ता खरिदबिक्री हुदा सानिमा बैंकको कारोबार सबैभन्दा बढि ३७३ पटक भएको छ ।

मंगलबार सबै समूहमा हरियालि छाएर बन्द भएको बजारमा बुधबार पनि सबै समूहमा हरियाली छाएको छ । यसदिन नेप्से ११।९८ अंकले बढेर ११८१।२८ अंकमा पुगेको छ । बजारमा कारोबार भएका सबै समूहका सूचक उकालो लागेपछि समग्र नेप्से चढेको हो । मंगलबार बीमा, होटल र वाणिज्य बैंक समूहले समग्र नेप्सेलाई उकासेको हो ।

बुधबार एभरेष्ट्र बैंकको सबैभन्दा बढि ८ करोड १६ लाख रुपैयाँ बढिको कारोबार भएको छ । त्यस्तै सानिमा बैंकले ७ करोड बढिको कारोबार गर्दा ग्लोबल आइएमई बैंकले पनि ५ करोड बढिको कारोबार गरेको छ । एनआईशी एशियाको ३ करोड तथा बिओकेको २ करोड बढिको कारोबार भएको छ ।

कारोबार रकमका आधारमा एभरेष्ट, कारोबार संख्याका आधारमा सानिमा र कारोबार भएका शेयर संख्यका आधारमा ग्लोबल आईएमई सबैभन्दा अगाडि रहेका छन् ।

यसदिन अरुण फाइनान्स र युनियन फाइनान्सका लगानीकर्ताको नाफा झण्डै दश प्रतिशतले बढेको छ । काष्ठमण्डप डिभलपमेन्ट, नेको इन्स्योरेन्स, एभरेष्ट बैंक ,सिन्धु विकास बैंक लगायतका कम्पनीहरु कमाउनेको सूचीमा परेका छन ।

यसलिन गुमाउनेको सूचीमा सबैभन्दा अगाडि यति डिभलपमेन्ट बैंक रहेको छ । त्यस्तै , कैलाश , रिडी हाइड्रो लगायतका कम्पनी गुमाउनेमा परेका छन ।

यसदिन शेयरबजारमा १२७ कम्पनीका ३ हजार ५४ कारोबारबाट ९ लाख २७ हजार कित्ताशेयर ५९ करोड २४ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन । अघिल्लो कारोबारको तुलनामा कारोबार रकम भने झण्डै १३ करोड रुपैयाँले बढेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411