​पाँचसय घट्यो सुनको भाउ, तोलाको ५२ हजार दुईसयमा कारोबार, चाँदीको सातसय १०

बिहीवार, पौष २४, २०७१ साल,
काठमाडौं, पुष २४। उतारचढावपूर्ण रहेको सुनको भाउ विहीबार घटेको छ। अघिल्ला दुई दिनमा मात्रै नौसयले बढेको सुनको मूल्य विहीबार भने घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

विहीबार सुन तोलाको ५२ हजार दुईसय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार ५२ हजार सातसय पुगेको सुनको भाउ विहीबार फेरि घटेको हो।

सुनको भाउ घटेसँगै चाँदीको भाउ पनि पाँच रुपैयाँ घटेको छ। विहीबार चाँदी तोलाको सातसय १० रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव देखिएसँगै नेपालमा पनि सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411