​सेयर बजार ९ अंकले सुध्रियो

मंगलवार, असोज १२, २०७२ साल,
काठमाडौं । भारतको अघोषित नाकाबन्दीका कारण बिचलित भएको सेयरबजारमा मंगलबार समान्य सुधार देखिएको छ । बजारमा कारोबार भएका सबै समूह हरियो हुँदा परिसूचक ९ दशमलव २१ अंकले उकालो लाग्यो ।

विभिन्न कम्पनिहरुको बोनस सेयरको प्रभावले बजारलाई हरियो बनाउन मद्दत गैरहेको हो । बैंकिङ समूह १२ दशमलव ४९ अंकले माथि जाँदा बीमा समूह पनि २७ दशमलव १७ अंकले उक्लियो । जलविद्युत समूह १३ दशमलव ९६ अंकले हरियो भयो भने विकास बैंक, ब्यापार, होटल र वित्त समूह पनि समान्य सुध्रिए ।

कारोबार खुलेदेखि नै उकालो लागेको बजार ११ सय ६९ दशमलव ३० अंकमा पुगेर बन्द भयो । दिनभरमा १ सय २० कम्पनिका ७ लाख ८३ हजार सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

त्यस अवधिमा ४६ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् । कारोबार रकमका आधारमा बैंक अफ काठमाडौं र सानिमा बैंक माथि रहे ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411