​मेट्रो डेभलपमेन्ट बैंकले १९ प्रतिशत बोनस सेयर दिने

मंगलवार, असोज १२, २०७२ साल,
काठमाडौं । मेट्रो डेभलपमेन्ट बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना लगानी कर्तालाई १९ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

बैंक सञ्चालक समितीको १०९ औं बोर्ड बैठकले उक्त प्रस्ताव अघि सारेको हो । नेपाल राष्ट्र बैंकको स्विकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि बैंकका लगानी कर्ताले बैंकले प्रस्ताव गरेको लाभांश प्राप्तगर्नेछन ।

मेट्रो डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक बर्षमा चार करोड ७६ लाख नाफा कमाएको थियो । २० करोड ३३ लाख रुपैयाँ चुँक्ता पूँजी रहेको बैंकले गत आर्थिक बर्षसम्ममा २ अर्व ११ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलनगर १ अर्व ७४ करोड ४८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411