फ्रान्सेली म्यागेजिन कार्यालयमा बन्दुकधारीको आक्रमण, कम्तिमा ११ जनाको मृत्यु

बुद्धबार, पौष २३, २०७१ साल,
​पेरिस, पुस २३ । फ्रान्सको पेरिसस्थित चार्ली हेब्डोु म्यागेजिनमा दुईजना बन्दुकधारी प्रवेश गरेर अन्धाधुन्द गोली चलाएका छन् ।

आक्रमणमा कम्तिमा ११ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मृत्य भएकामध्ये दुई जना प्रहरी पनि छन् । यूरोप वान टेलिभिजनले हमलामा कार्टुनिस्ट मारिएको आशंका गरेको छ ।

ुचार्ली हेब्डोु एउटा व्यंगात्मक म्यागेजिन हो । सन् २०१२ मा पैगम्बर मोहम्मदको कार्टुन बनाएर चर्चामा आएको उक्त पत्रिकाले हालै आतंकवादी संगठन आईएस प्रमुख अबु बक्र अल बगदादीको कार्टुन प्रकाशित गरेको थियो ।

कालो नकाव लगाएका दुई जना बन्दुकधारी एके( ४७ बोकेर पत्रिका कार्यालयमा पसेको केही क्षणमै फायरिङ गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

ुचार्ली हेब्डोु पत्रिका तिखा कार्टुन बनाएर चर्चामा आएको थियो ।  

घटनालगत्तै फ्रान्सका राष्ट्रपति फास्वाँ होलान्डले मन्त्रिपरिषदको आपतकालीन बैठक बोलाएका छन् । एजेन्सी

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411