भारतको नाकाबन्दीको असर नेप्सेमा, ४९ करोडको कारोबार हुँदा १७ अंकले घट्यो

सोमबार, असोज ११, २०७२ साल,
काठमाडौं । सोमबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्प्से १.४२ प्रतिशत अर्थात करिब १७ अंकले घटेर बन्द भएको छ भने यसदिन कारोबार अवधिभर कुनैपनि समूहमा हरियो बत्ती बलेन राताम्मे भएर खुलेको बजार राताम्मेनै बन्द भएको छ ।

संविधान निमार्णपछि केहि गतिलिने लगानीकर्ताको अपेक्षा भएपनि तराईमधेशमा जारी आन्दोलन र भारतले लगाएको अघोषित नाकाबन्दीको प्रभावले लगानीकर्ता निरुत्साहीत देखिएका छन ।

यसदिन बजार खुलेदेखि नै ओरालो लागेको नेप्से बजार बन्द हुदा १६.७७ अंकले घटेर ११६०.०९ अंकमा रोकिएको छ । बजारमा कारोबार भएका सबै समूहका सूचक ओरालो लागेपछि समग्र नेप्से ओरालो लागेको हो । यसदिन कारोबार अवधिभर कुनै पनि समूहमा हरियो बत्ती बलेन ।

सोमबार एभरेष्ट बैंकको सबैभन्दा बढि सात करोड रुपैयाँ बढिको कारोबार भएको छ । सानिमा बैंक, इन्भेष्टमेन्ट बैंक प्रोमोटर र एनबी बैंकको पनि ३ करोड बढिको कारोबार भएको छ । इन्भेष्टमेन्ट बैंकले ३३ प्रतिशत तथा एनबी बैंकले २५ प्रतिशत बोनस सेयर लाभांश प्रस्ताव गरेका छन ।

बजार घट्दा पनि रिलायबल डिभलपमेन्ट बैंक र अरुण फाइनान्सका लगानीकर्ताको नाफा झण्डै दश प्रतिशतले बढेको छ ।

कञ्चन डिभलपमेन्ट बैंक , एनआईडिसी क्यापिटल, काष्ठमण्डप डेभलपमेन्ट बैंक तथा कैलाश बैंक लगायतका कम्पनी कमाउनेमा परेका छन ।

त्यस्तै सिन्धु विकास, हामा मर्चेण्ट, सानाकिसान, एपेक्स, रिडी हाईड्र र नेको इन्स्योरेन्स लगायतका कम्पनी गुमाउनेमा परेका छन ।

यसदिन शेयरबजारमा १०७ कम्पनीका २ हजार ३ सय ६८ कारोबारबाट ६ लाख ८४ हजार कित्ताशेयर ४९ करोड २६ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन । अघिल्लो कारोबारको तुलनामा यसदिन कारोबार रकम समेत दश करोड रुपैयाँ भन्दा बढिले घटेको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411