​सेयर बजार सात अंकले बढ्यो, २६ करोड रुपैयाँको सेयर कारोबार

बुद्धबार, पौष २३, २०७१ साल,
​काठमाडौं पुष २३ । घटेर खुलेको सेयर बजार ७.१३ अंकले बढेर बन्द भएको छ । १३७ कम्पनीका २६ करोडको सेयर किनबेच भएको छ ।
 
बजार ९२४.५४ अंक पुगेको छ । दिनभरीमा ६ लाख २९ हजार ४४४ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 
 
सबै सुचक हरियो भएका छन् । सबैभन्दा वढी बिमा, जलविद्युत् र होटलका सुचक बढेका छन् । उत्पादन, अन्य र विकास बैंक सुचक पनि बढेको छ । कम बढ्नेमा फाइनान्स र बैंकिङ सुचक छन् ।
 
राजनीतिमा सहमतिको वातावरण बन्ने लक्षण देखिएपछि बजार उकालो लागेको हो । बुधबार पनि सबैभन्दा वढी कारोबार प्रभु बैंकको नै भएको छ । बैंकको पाँच करोड ४५ लाख रुपैयाँभन्दा वढीका सेयर किनबेच भएका छन् । 
 
नेसनल लाइफको एक करोड ८७ लाख, नेपाल लाइफको एक करोड ६४ लाखको, एभरेष्ट बैंकको एक करोड २८ लाख र ग्लोबाल आइएमइ बैंकको एक करोड एक लाखको सेयर किनबेच भएको छ ।
 
सबैभन्दा वढी आरएमडिसी, गण्डकी विकास बैंक, कावेली विकास बैंक, हिमालयन डिस्ट्रिलरी, नयाँ नेपाल लघुवित्त र वुटवल पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । 
 
गुमाउनेमा पश्चिमाञ्चल विकास बैंक, प्रुडेन्सियल इन्स्योरेन्स, सेन्ट्रल फाइनान्स, मिथिला लघुवित्त र सिन्धु विकास बैंकका लगानीकर्ता छन् । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411