सेयर बजारका सबैजसो समूह घट्दा ६.५ अंकले घटेयो, ६० करोड रुपैयाको कारोबार

बिहीवार, असोज ७, २०७२ साल,
काठमाडौं । साता कारोवारको अन्तिम दिन सेयर बजारका सबै समूहहरु घटेका छन्। बिमा समूह सबैभन्दा धेरै ४० अंकले घटेको छ। त्यस्तै हाइड्रो समूह २३, अन्य समूह १५ र बैंकिङ समूह ४ अंकले घटेको छ। समग्र नेप्से परिसुचकमा भने जम्मा ६ दशमलव ५ अंकले घटेको छ। यो हप्ताको अन्तिम कारोवारमा आउँदा सेयर परिसुचक ११ सय ७६ दशमलव ८६ अंकमा कायम भएको छ। 
 
आज कुल १ सय २४ कम्पनीको ९ लाख ८६ हजार कित्ता सेयर किनबेच भएको छ। ति सेयरहरुबाट ५९ करोड ९२ लाख रुपैयाँको कारोवार भएको छ। सिटिजन्स बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक संस्थापक, हिमालयन बैंक तथा नेपाल बंगलादेश बैंक रकमका आधारमा उच्च सेयर कारोवार कम्पनीमा अगाडि रहे।
 
सिटिजन्स बैंकको ९ करोड ८९ लाखको सेयर कारोवार भएको छ भने सानिमा बैंकको ८ करोड ४७ लाख रुपैयाँको कारोवार भएको छ। सो बैंकले २० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ। अरुण फाइनान्स, रिलाएवल विकास बैंक तथा युनियन फाइनान्सका लगानीकर्ता उच्च सेयर प्रतिफलमा रहे। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411