​मंगलवार ४० अंकले घटेको सेयर बजारमा आज २७ अंकको बृद्धि

बुद्धबार, असोज ६, २०७२ साल,
काठमाडौं । सेयर बजार २७ अंकले बढेको छ। मंगलवार ४० अंकले घटेको सेयर बजारमा बुधवार सुधार आएको हो।  बुधवार बैंकिङ, होटल, विकास बैंक, फाइनान्स, हाइड्रो, बिमा, उत्पादन र अन्यगरी सबै समूहमा हरियो बत्ति बल्यो।
 
ति समूहमध्ये बिमामा सबैभन्दा धेरै करिब १ सय २ अंकको बृद्धि भएको छ। त्यस्तै होटलमा ४१, बैंकिङमा करिब ३६, हाइड्रोमा ३० अंकको बृद्धि भएको छ। 
 
यस दिन १ सय १७ कम्पनीको ८ लाख ४ हजार कित्ता सेयर खरिदविक्री भएको छ। ति सेयरहरुबाट ४९ करोड ८८ लाख रुपैयाँको कारोवार भएको छ। यस दिन सिटिजन्स बैंक इन्टरनेसनलको सबैभन्दा धेरै ७ करोड रुपैयाँ बराबरको सेयर कारोवार भएको छ। त्यसपछि हिमालयन बैंक, सानिमा बैंक, नेपाल बैंक पनि कारोवारका आधारमा अगाडि रहे।
 
अरुण फाइनान्स, सानिमा बैंक तथा सिटिजन्स बैंकका लगानीकर्ताले ९–९ प्रतिशत बढी नाफा कमाए। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411