​नाकाबन्दीको हल्लाले नेप्से ४० अंक झर्यो, १२९ कम्पनीका ५३ करोड २९ लाख रुपैयाँको कारोबार

मंगलवार, असोज ५, २०७२ साल,
काठमाडौं । संविधान घोषणा भएपछि पहिलो पटक खुलेको सेयरबजार झण्डै चालिस अंकले ओरालो लागेको छ । भारतले नाकाबन्दी लाउनसक्ने भन्ने खालका खबरहरु सार्वजनिक भएपछि लगानीकर्ता निरुत्साहीत हुदा बजार प्रभावित भएको हो ।

संविधानबाट उत्साहित नदेखिएका लगानीकर्ता भारत सरकारले नाकाबन्दी लाउनसक्ने संकेतले भने   आत्तिएका छन् । बजार ३.३४ प्रतिशत अर्थात ४० अंकले घटेर बन्द भएको छ । बजारमा १२९ कम्पनीका ५३ करोड २९ लाख रुपैयाँको  सेयर कारोबार भएको छ । कुल आठ लाख ३६ हजार ७८६ कित्ता सेयर किनबेच भएको छ ।

उत्पादनमूलक समूहवाहेक सबै उपसुचकहरु ओरालो लागेका छन् । सबैभन्दा वढी बिमा १७७.५१ अंकले घटेको छ । बैंकिङ समूह ४८ अंक तल ओर्लिएको छ । होटल ५८.३५ अंक, विकास बैंक २०, जलविद्युत् ६७.५५, अन्य ९.४ र फाइनान्स ४.१२ अंकले झरेको छ ।

माछापुच्छ्रे बैंकसँगको मर्जरका कारणले जनता बैंक नेपालको सेयर कारोबार बढेको छ । बैंकको पछिल्लो कारोबार प्रति कित्ता ३७५ रुपैयाँका दरले भएको छ । मंगलबार बैंकको तीन करोड १२ लाखको सेयर कारोबार भएको छ ।

सबैभन्दा वढी कारोबार एनबी बैंकको चार करोड २० लाख रुपैयाँको भएको छ । नेपाल इन्भेष्टमेन्ट संस्थापक तीन करोड ५३ लाख, एभरेष्ट बैंक दुई करोड २५ लाख रुपैयाँको कारोबार भएको छ । एनआइसी  र नबिल संस्थापकको दुई करोड रुपैयाँभन्दा वढीको कारोबार भएको छ ।

बजार घट्दा पनि राष्ट्रिय बिमा संस्थान संस्थापक, मिर्मिरे माइक्रो फाइनान्सले १० प्रतिशतको हाराहारीमा कमाएका छन् । वढी गुमाउनेमा हामा मर्चेन्ट, सुप्रिम डेभलपमेन्ट बैंक, हिमालयन बैंकलगायत छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411