महालक्ष्मी फाइनान्सले नाफाबाट १५ प्रतिसत बोनस सेयर दिन प्रस्ताव

मंगलवार, असोज ५, २०७२ साल,
काठमाडौं । महालक्ष्मी फाइनान्स लिमिटेडले लगानीकर्तालाई १५ प्रतिसत बोनस सेयर दिने भएको छ । फाइनान्सले आर्थिक वर्ष २०७१/७२ को नाफाबाट बोनस सेयर दिन लागेको हो । 

कर प्रयोजनका लागि फाइनान्सले ०.७९ प्रतिशतका दरले नगद लाभांश समेत वितरण गर्नेछ । असोज १ गते बसेको फाइनान्स सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर फाइनान्सको आगामी साधारण सभाले पारित गरेपछि बोनस वितरण हुनेछ । 
 
गत आर्थिक वर्षमा फाइनान्सले आठ करोड ५६ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत असारमसान्तसम्म फाइनान्समा चार अर्ब ४५ करोड १९ लाख रुपैयाँ निक्षेप छ भने तीन अर्ब ७४ करोड ९४ लाख रुपैयाँ कर्जा लगानी भएको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411