​जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको आईपीओ जारी गर्न सम्झौता

बुद्धबार, भाद्र ३०, २०७२ साल,
काठमाडौं । नागरिक लगानी कोष र एनसिएम मर्चेन्ट बैंकिङ तथा एनएमवी क्यापिटल लिमिटेडबीच जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको सर्वसाधारणको लागि प्राथमिक सेयर ९आइपिओ० निष्काशन गर्न आज बिक्री प्रबन्ध पत्रमा सम्झौता भएको छ । 
 
जलविद्युत् कम्पनीको एक सय रुपैयाँ अङ्कित रु दुई अर्ब बराबरको दुई करोड कित्ता सेयर निष्काशन गर्न कोषले सह–निष्काशन तथा बिक्री प्रबन्धक कम्पनीसँग सम्झौता गरेको हो । 
 
कोषले गत वर्ष पुस ६ गते जलविद्युत् लगानी तथा विकास कम्पनीसँग सेयर निष्कासन सम्झौता गरेको कोषका सूचना अधिकृत उद्धव सिलवालले जानकारी दिए। जलविद्युत् कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लगानी कोष रहेको छ। 
 
सेयर सह–निष्कासन सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रामकृष्ण पोखरेल, एनसिएम मर्चेन्ट बैंकिङको तर्फबाट विजयलाल श्रेष्ठ र एनएमवी क्यापिटलको तर्फबाट श्रीजेश घिमिरेले हस्ताक्षर गरे। रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411