​सिटिजन्स बैंकको ५५ औं शाखा काभ्रको बनेपामा

बुद्धबार, भाद्र ३०, २०७२ साल,
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको बनेपा शाखा (साविकको नेपाल हाउसिङ्ग एण्ड मर्चेण्ट फाइनान्स लि) आजबाट स्थानान्तरण भई बनेपाकै नयाँ भवनबाट शाखा संचालन गरिएको छ। बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री गणेशराज पोखरेलले पुजापाठ गरि यस शाखाको आरम्भ गरे।  
 
बैंकको आफ्नो कुल ५५ वटा शाखा, ४६ वटा एटिएम काउन्टर र ७१ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ३ लाख ४६ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोे छ। 
 
आफ्नो ग्राहक वर्गलाई रेमिट्यान्स सेवा, ड्राफट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु तथा कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुबिधाहरु पनि उपलब्ध गराउने बैक जानकारी दिएको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411