​नेप्से ३ अंकले घटेर १२ सय २ मा आयो, १ सय ३९ कम्पनीको १० लाख ४७ हजार कित्ता सेयर ५८ करोड ४० लाखमा किनबेच

बुद्धबार, भाद्र ३०, २०७२ साल,

काठमाडौं । सेयर बजारमा ३ अंकको गिरावट आएको छ। बुधवार सो अंक घटेपछि परिसुचक १२ सय २ अंकमा कायम रहेको छ। 
 
यस दिन होटल समूहमा ७, विकास बैंक समूहमा ४, फाइनान्स समूहमा ५ र अन्य समूहमा ९ अंकको बृद्धि भएको छ। यद्यपी बिमामा ४३ उत्पादनमा २९ र बैंकिङ समूहमा ५ अंंकको गिरावट आएसँगै समग्र सेयर बजार प्रभावित भयो। 
 
जम्मा १ सय ३९ कम्पनीको १० लाख ४७ हजार कित्ता सेयर किनबेच हुँदा ५८ करोड ४० लाख रुपैयाँ बराबरको कारोवार भयो।  कारोवार रकमका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर अगाडि रह्यो। ३ करोड ७५ लाख रुपैयाँको सो सेयर कारोवार भएको थियो। 
 
त्यसपछि एनआईसी एसिया बैंकको ३ करोड ३० लाख, नेपाल बंगलादेश बैंकको ३ करोठ २९ लाख तथा प्राइम कमर्सियल बैंकको ३ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोवार भयो। 
 
नाफाका आधारमा हामा मर्चेन्ट एण्ड फाइनान्स, नेपाल एक्सप्रेस फाइनान्स, काष्टमण्डप डेभलपमेन्ट बैंक, प्रोफेसनल दियालो विकास बैंकका लगानीकर्ता अगाडि रहे। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411