​संविधान निर्माणको सकरात्मक प्रभाव पूँजी बजारमा, नेप्से ११.७३ले उचालिएर १२०५ पुग्यो

मंगलवार, भाद्र २९, २०७२ साल,
काठमाडौं । असोज ३ गते संविधान घोषणा गर्ने निश्चित भएपछि बजारलाई केही बल पुगेको छ भने बैंक तथा वित्तीय सस्थाले धमाधम पूँजी बृद्धिको योजना सार्वजनिक भएपछि बजार उकालो लागेको हो । 
 
मंगलबार बजार ११.७३ अंकले बढेर नेप्से १२०५.८४ अंकमा उक्लियो । नेप्से १२ सय अंकबाट माथि पुगेको यो तेस्रो पटक हो । करिब एक महिना देखि बजार उच्च विन्दुकै आसपासमा रोकिएको छ । 
 
बाणिज्य बैंक, इन्स्योरेन्स, जलविद्यूत, विकास बैंक र फाइनान्स कम्पनीले नेप्से बढाएका हुन् । बाणिज्य बैंक समूहको परिसूचक मात्रै १६.७२ अंकले बढेको छ । विकास बैंक समूहको १५.९ प्रतिसतले बढेको छ भने इन्स्योरेन्स समूहको ४३.७४ अंकले बढेको छ । फाइनान्स समूहको सूचक पनि १.७९ अंकले बढेको छ । यी चार वटा समूहको हिस्सा पूँजी बजारमा ७० प्रतिसतको हाराहारीमा छ । 
 
कारोबार रकममा पनि मंगलबार उच्च बृद्धि देखिएको छ । १० लाख ७५ हजार कित्ता सेयर ६३ करोड ९२ लाख ३८ हजार रुपैयाँमा किनबेच भयो । यो कारोबार रकम औसत भन्दा बढी हो । 
 
नेशनल लाइफ इन्स्योरेन्सको ६ करोड ४१ लाख रुपैयाँको, नेपाल इन्भेष्टमेन्ट बैंकको सस्थापक सेयर चार करोड ६९ लाख रुपैयाँको, नेपाल बंगलादेश बैंकको चार करोड ६० लाख रुपैयाँको, प्राइम कमर्सियल बैंकको तीन करोड ५५ लाख रुपैयाँको सेयर किन भयो । 
 
कुल कारोबारमा बाणिज्य बैंकहरुको मात्रै ३० करोड ३६ लाख रुपैयाँको सेयर किनबेच भयो । त्यस्तै १० करोड रुपैयाँको इन्स्योरेन्सहरुको सेयर किनबेच भयो । सात करोड रुपैयाँको विकास बैंकहरुको सेयर किनबेच भयो । आठ करोड ८५ लाख रुपैयाँको सस्थापक सेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

साना बाणिज्य बैंकहरुको कारोबार र सेयर मुल्य दुबै बढेपछि बजार उकालो लागेको हो । सेन्चुरी बैंकको हकप्रद सेयरका लागि लगानीकर्ताले मंगलबार प्रतिकित्ता ४०१ रुपैयाँसम्म मुल्य तिरे । बोनसका लागि प्राइम बैंकको सेयर प्रतिकित्ता ६५० रुपैयाँमा किनबेच भयो । त्यस्तै बोनस सेयरका लागि नेपाल इन्भेष्टमेन्ट बैंकको सस्थापक सेयरका लागि ८७० रुपैयाँसम्ममा किनबेच भयो । 
 
३० प्रतिसत हकप्रद घोषणा गरेको स्वरोजगार लघुवित्तको सेयर मुल्य प्रतिकित्ता १८९ रुपैयाँले बढ्यो । त्यस्तै सनराइज बैंकको प्रतिकित्ता १५ रुपैयाँले सेयर मुल्य बढ्यो । सोमबार आफ्नो पूँजी बृद्धिको योजना राष्ट्र बैंकमा बुझाएको सिभिल बैंकको सेयर प्रतिकित्ता ३०० रुपैयाँ सम्ममा किनबेच भयो । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411