​संविधानको आशाले उचालियो सेयर बजार, सोमवार १० अंक बढ्यो, कारोबार ५७ करोड माथि

सोमबार, भाद्र २८, २०७२ साल,

काठमाडौं । संविधानका धाराहरु पारित भइरहँदा सेयर बजारमा त्यसको सकारात्मक असर परेको छ। लगानीकर्ताहरुमा संविधानको आशा र विश्वास बढेपछि सेयर बजार उचालिएको छ। सोमवार १० अंक बढेपछि सेयर बजारको परिसूचक ११ सय ९४ अंकमा पुगेको छ। 
 
यस दिन हाइड्रो, बैंकिङ,  होटल तथा बिमा समूहमा उल्लेख्य बृद्धि भएको छ। हाइड्रोमा ४०, बैंकिङमा १३. ८९, बीमामा ७.५९ तथा होटलमा ११ अंकको बृद्धि भयो। अन्य समूहमा पनि ४.७ अंकको बृद्धि भएको छ। 
 
दीर्घकालीन लगानीको उद्देश्यले लगानीकर्ताहरु ठूला तथा मध्यम कम्पनीका सेयरमा आकर्षित भएका छन्। यस दिन १ सय ३५ कम्पनीको १० लाख ७९ हजार कित्ता सेयर किनबेच भयो । ति सेयरहरुबाट ५७ करोड २६ लाख रुपैयाँ बराबरको कारोवार भएको नेप्सेले जनाएको छ। 
 
कम्पनीगत रुपमा हेर्दा नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको कारोवार उच्च रह्यो। ५ करोड ६ लाख बढीको सो कम्पनीको सेयर कारोवार भयो। त्यसपछि एनआईसि एसिया बैंकको ३ करोड ९८ लाख, नेपाल बैंकको ३ करोड ५० लाख तथा नेपाल लाइफ इन्स्योरन्सको ३ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोवार भएको छ। 
 
हामा मर्चेन्ट एण्ड फाइनान्सका लगानीकर्ताले १० प्रतिशत नाफा कमाए। त्यसपछि तिनाउ विकास बैंक, सेती फाइनान्स तथा एपेक्स डेभलपमेन्ट बैंकका लगानीकर्ता पनि नाफाका आधारमा अगाडि रहे।  

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411