​सगरमाथा ३७ हजार विदेशी पर्यटकको आगमन

मंगलवार, पौष २२, २०७१ साल,
सोलुखुम्बु पुस २२ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायतका हिमशृङ्खला भएको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा गत वर्षमा ३७ हजार १ सय २४ जना विदेशी पर्यटक पुगेका छन् ।

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कअनुसार सन् २०१४ मा ती विदेशी पर्यटकले भ्रमण गरेको देखिएको छ । सो सङ्ख्या सन् २०१३ को भन्दा एक हजार ५ सय ५३ जनाले बढी हो । सन् २०१३ मा ३५ हजार ५ सय ७१ जना विदेशी पर्यटक सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गरेका थिए ।

सन् २०१४ को जनवरी महिनामा ९ सय ३०, फेब्रुवरीमा ९ सय ७५, मार्चमा तीन हजार ८ सय २८, अप्रिलमा छ हजार ९ सय ८ र  मे महिनामा दुई हजार ३ सय ९७ जना पर्यटक सगरमाथा क्षेत्र आएका थिए ।

त्यस्तै, जुन महिनामा ३ सय २८, जुलाईमा २ सय ५४, अगस्टमा ४ सय ८४, सेप्टेम्बरमा दुई हजार ७ सय ८८, अक्टुबरमा नौ हजार ४ सय ६३, नोभेम्बरमा छ हजार ४ सय ९६ जना र डिसेम्बरमा दुई हजार २ सय ७२ जना विदेशी पर्यटक निकुञ्ज क्षेत्र प्रवेश गरेका निकुञ्जका सहायक संरक्षण अधिकृत लक्ष्मण पौडेलले जानकारी दिएका छन् । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411