​आइतबार नेप्से १५ अकंले बढ्यो, १ सय ३१ कम्पनीको ४६ करोड ८१ लाखको कारोबार

आईतवार, भाद्र २७, २०७२ साल,

काठमाडौं । आइतबार नेप्से परिसुचक १५ दशमलव २२ अकंले उक्लिएको छ। सो अंकको बृद्धिपछि परिसूचक १ हजार १ सय ८३ दशमलव ९३ कायम भएको छ। त्यस्तै क बर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि ३ दशमलव २८ अंक कायम भएको छ। 
 
आइतबार बैंक, बिकास बैंक, जलबिद्युत ,बित्त, बिमा र अन्य समुहका परिसुचकहरु उक्लेका छन्। तर होटल र उत्पादन क्षेत्रको सुचक भने ऋणात्मक देखिएको छ।
 
सेयरबजारमा आइतबार एक सय ३५ कम्पनीको ११ लाख ७८ हजार १ सय ४ वटा सेयर दुई हजार तिन सय ३० पटक कारोबार भएको छ। १ सय ३१ कम्पनीको ४६ करोड ८१ लाख ६२ हजार ७ सय रुपैयाँको कारोबार भएको छ।  
 
कारोबारका आधारमा आइतबार हिमालय बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेसनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेका छन्। पूर्णिमा बिकास बैंक, कन्काई बिकास बैंक र युनियन फाइनान्सका लगानीकर्ताले आइतबार सवैभन्दा बढी कमाएका छन्। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411