सेयर बजारमा ४.४५ अंकको गिरावट ४७ करोड रुपैयाको कारोबार

बिहीवार, भाद्र २४, २०७२ साल,

काठमाडौं । सेयर बजार ४.४५ अंक घटेर बन्द भएको छ । कुल १३७ कम्पनीका ११ लाख ४५ हजार ६७२ कित्ता सेयर किनबेच भएको छ । कारोबारमा ४७ करोड १४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

टेलिकम सुचिकृत अन्य, फाइनान्स र विकास बैंकवाहेक सबै सुचक ओरालो लागेका छन् । बढेका सुचकको बृद्धि दर पनि न्युन छ । अन्य सुचक ३.५२ अंकले उक्लिएको छ ।

बिमा ९१, उत्पादनमूलक आठ, होटल ३० र बैंकिङ करिव तीन अंकले घटेको छ । तीन दिनयता नबिल बैंकको संस्थापक सेयर नियमित कारोबार भइरहेको छ । नबिलको आज पनि दुई करोड ५१ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ ।

सबैभन्दा वढी भने नेपाल इन्भेष्टमेन्टको संस्थापक सेयर किनबेच भएको छ । बैंकको पाँच करोड ५२ लाख रुपैयाँको किनबेच भएको छ । यसपछि प्राइम बैंकको तीन करोड ३१ लाख, माछापुच्छ्रे बैंकको संस्थापक एक करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ ।

करिव १० प्रतिशतको हाराहारीमा लुम्बिनी फाइनान्स, कञ्चन डेभलपमेन्ट, सिद्धार्थ फाइनान्स र कन्काइ विकास बैंकका लगानीकर्ताले कमाएका छन् । गुमाउनेमा एपेक्स, हिमालयन डिस्ट्रिलरी, सेती फाइनान्स, गुँरास लाइफका लगानीकर्ता छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411