​पुँजीकोष अनुपात नपुग्दा कारवाहीमा परेको सिनर्जी फाइनान्सको कारवाही फुकुवा

बिहीवार, भाद्र २४, २०७२ साल,
काठमाडौं । सिनर्जी फाइनान्स लिमिटेडको शिघ्र सुधारात्मक कारवाही फुकुवा भएको छ । नेपाल राष्ट्र बैंकले बुधवार कारवाही फुकुवा गरेको हो । बैंकले २०७१ असार मसान्तको लेखापरीक्षणको आधारमा शिघ्र सुधारात्मक कारवाही गरेको थियो ।

संस्थाको असार मसान्तसम्ममा पुँजीकोष अनुपात बैंकको निर्देशन अनुसार पाइएकोले कारवाही फुकुवा गरिएको बैकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 
‘त्यस संस्थाको २०७१ पुस, चैत र २०७२ असार मसान्त सम्मको पुँजीकोष अनुपात बैंकको निर्देशन बमोजिम पाइएको छ,’ वित्त कम्पनी सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक जनकबहादुर अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यस संस्थालाई लगाइएको शिघ्र सुधारात्मक कारवाही फुकुवा गरिएको छ ।’

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411