​‘नेपालको सेयर बजार’ नवौं संस्करणको पुस्तक बजारमा

बिहीवार, भाद्र २४, २०७२ साल,
काठमाडौं । सेयर बजार सम्बन्धि तालिम दिँदै आएको तथा सेयर बजार सम्बन्धि किताव प्रकाशन गर्दै आएको सेक्युरिटिज रिसर्च सेन्टर एण्ड सर्भिसेज (एसआरसिएस)ले नेपालको सेयर बजार नामक पुस्तकको नवौं संस्करण बजारमा ल्याएको छ।
 
सेयर बजार विश्लेषक रविन्द्र भट्टराईद्धारा लिखित किताबको यो संस्करणमा सेयर बजारमा भएका पछिल्ला परिवर्तन तथा लगानीकर्ताका चासोका विषयलाई थप गरिएको छ।  
 
नवौं संस्करणको यो पुस्तकको खुद्रा मूल्य ३ सय ५० रुपैयाँ तोकिएको छ। २ सय ६८ पृष्ठको यस पुस्तकमा सेयर बजारमा सूचना र स्रोत, सरकारी ऋणपत्र, ब्रोकर छनौट गर्ने तरिका, खरिद बिक्रीआदेश दिने तरिका, बजार निर्माता, सेयर बाँडफाँड तरिका, क्रेडिट रेटिंग लगायतका विषयहरु समेटिएको छ। त्यस्तै सेयर छनौट गर्ने तरिका २, कम्पनी विघटन वा खारेजी, सेयरमा किन लगानी गर्ने, लगानीका मन्त्रहरुहरु जस्ता अध्यायका अतिरिक्त समयसापेक्ष विषय बस्तुहरु समेटिएको छ। यो किताव सेयर बजारमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका सवै लगानीकर्ताका लागि उपयोगी हुने बताइएको छ।  
 
एसआरसीएसले लगानीकर्तालाई सेयर बजार सम्बन्धि चेतना जगाउन सेयर दोहोरि र आशा नामक चलचित्र पनि ल्याएको छ । सेयर दोहोरी र चलचित्र युटयुवमा हेर्न र सुन्न सकिन्छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411