बजार घटेपनि कारोबार रकम घटेन, १४० कम्पनीको साढे २५ करोडको सेयर किनबेच, प्रभुको शेयर १० प्रतिशत बढेपछि सर्किट ब्रेक

मंगलवार, पौष २२, २०७१ साल,
काठमाडौं, पुष २२ । सेयर बजार केही घटे पनि कारोबार रकम र कम्पनीको संख्या भने बढेको छ । बजार २.३६ अंकले घटेपछि १४० वटा कम्पनीको कारोबार भएको छ । 
 
दिनभरीमा २५ करोड ५१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । दिनभरीमा दुई लाख ९९ हजार २७५ कित्ता सेयर किनबेच भएको छ ।
 
बैंक, जलविद्युत् र फाइनान्स कम्पनीका सुचकहरु घटेपनि बाँकी सुचक बढेका छन् । बैंकिङ ५.६ अंकले घट्दा समग्र बजार ओरालो लागेको हो । बिमा, उत्पादन र अन्य सुचक बढेको छ । 
 
कारोबार खुलेदेखि नै प्रभु बैंकको सेयरमा बढेर सर्किट लागिरहेको छ । बैंकको सेयर आज पनि ९.६४ प्रतिशतले बढेर २७३ रुपैयाँमा बन्द भएको छ । सबैभन्दा वढी सेयर कारोबार पनि प्रभु बैंककै भएको छ । बैंकको चार करोड ६० लाख रुपैयाँभन्दा वढीको सेयर किनबेच भएको छ ।
 
प्रभुसहित पाँच कम्पनीका सेयर मूल्य करिव १० प्रतिशतले बढेको छ । नयाँ नेपाल लघुवित्त, हिमालयन डिस्ट्रिलरी, प्रुडेन्सियल इन्स्योरेन्स र कावेली विकास बैंकको सेयर मूल्य करिव १० प्रतिशतले बढेको हो । 
 
गुमाउनेमा माउन्ट मकालु डेभलपमेन्ट बैंक, नेपाल इन्स्योरेन्स, साहारा विकास बैंक, वेस्टर्न डेभलपमेन्ट बैंक, हिमालयन जनरल इन्स्योरेन्स लगायतका लगानीकर्ता छन् । 
 
नेप्सेले सिभिल बैंकको सात प्रतिशत वोनस सेयरपछि समायोजन मूल्य प्रति सेयर २६४ रुपैयाँ कायम गरेको छ । मंगलबार डिम्याट सेयरको राफसाफ नगरेको भन्दै नेप्सेले ब्रोकर नं. ३ अर्थात अरुण सेक्युरिटिजको कारोबार स्थगित गरेको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411