​नेप्से परिसूचक ४ अङ्कले बढ्यो, ३६ करोड रुपैयाको कारोबार

सोमबार, भाद्र २१, २०७२ साल,
 काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक ४ दशमलव २८ अङ्क अर्थात् शून्य दशमलव ३७ प्रतिशत बढेको छ । बजार खुले देखि उकालो लागेको नेप्से अन्तसम्म परिसूचक बढेर बन्द भएको छ ।

१ हजार १ सय ६६ दशमलव ६९ विन्दुबाट खुलेको बजार मध्यान्नमा १ हजार १ सय ७५ दशलमव ३८ उच्च विन्दुमा पुगेको थियो तर बजार वन्द हुने बेलामा बाटो परिर्वतन गरी १ हजार १ सय ७० दशमलव ९७ विन्दुमा रहेर बजार वन्द भएको छ । वित्त कम्पनी र बैङ्किङ्ग समूहको परिसूचक बढेकाले नेप्से बढ्न पुगेको हो ।

नेप्सेमा २ हजार १० व्यापार बाट १ सय ३३ कम्पनीको १७ लाख ९९ हजार ९ सय ४ कित्ता शेयर किनबेच भयो । यस बाट रू.३६ करोड ४७ लाख रकम परिचालन भयो ।

नेपाल इन्भेष्टमेन्ट बैङ्क लिमिटेडको संस्थापक शेयर रू. ३ करोड १८ लाखको शेयर किनबेच भयो । गण्डकी विकास बैङ्क लिमिटेडको शेयर मूल्य ९ प्रतिशत बढेको छ । त्यस्तै त्रिवेणी विकास बैङ्क लिमिटेडको शेयर मूल्य १० प्रतिशत घटेको छ । सो व्यापार अवधिमा बैङ्किङ्ग समूहको परिसूचक शून्य दशमलव ९७ प्रतिशत बढेको छ । त्यस्तै वित्त कम्पनी समूहको परिसूचक शून्य दशमलव शून्य ४ प्रतिशत बढेको छ ।

‘अन्य’ समूहको परिसूचक १ दशमलव ४८ प्रतिशत घटेको छ । त्यस्तै हाइड्रोपावर समूहको परिसूचक शून्य दशमलव ३२ प्रतिशत, होटल समूहको परिसूचक शून्य दशमलव २५ प्रतिशत, इन्स्योेरेन्स समूहको परिसूचक शून्य दशमलव शून्य ६ प्रतिशत र विकास बैङ्क समूहको परिसूचक शून्य दशमलव शून्य ५ प्रतिशत घटेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411