​नेप्से २ दशमलव ७१ अंकले घट्यो, ५२ करोड रुपैयाँको सेयर कारोवार

आईतवार, भाद्र २०, २०७२ साल,
nepal stockकाठमाडौं । आइतवार नेप्सेमा ५२ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोवार भएको छ। जम्मा १ सय २३ कम्पनीको ९ लाख ४२ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ। 
 
समग्र सेयर बजार २ दशमलव ७१ अंकले तल झरेको छ। सो अंकको गिरावटसँगै सेयर बजार ११ सय ६६ अंकमा रहेको छ। होटल समूहले ४४, हाइड्रो समूहले ३६. ८९ तथा बैंकिङ समूहले ३.९८ अंक गुमाएका छन्। 
 
बिमा समूह १६ तथा अन्य समूह ५ अंकले बढेका छन्। 
 
एभरेष्ट बैंकको ५ करोड २६ लाख रुपैयाँको सेयर कारोवार भएको छ। त्यस्तै प्रभुको ५ करोड १८ लाख रुपैयाँको सेयर कारोवार भयो। नविल र नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर पनि ४ करोडभन्दा बढीको कारोवार भयो। 
 
नेरुढ लघुवित्त विकास बैंकका लगानीकर्ताले ९ प्रतिशत बढी सेयर नाफा कमाए। एपेक्स र टुरिजम डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने उच्च सेयर नाफा गुमाए। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411