​एनसेलले ल्यायो कर्पोरेट ग्राहकका लागि एनसेल बिज

बिहीवार, भाद्र १७, २०७२ साल,
काठमाडौं । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना कर्पोरेट ग्राहकका लागि ‘एनसेल बिज’ योजना ल्याएको छ, जस अन्तर्गत एनसेलका सम्पूर्ण कर्पोरेट ग्राहकले तीनवटा मासिक योजना  – बिज २९९, बिज ४९९ र बिज ९९९ – मध्ये कुनै पनि एक योजना लिई आकर्षक दरमा भ्वाइस, डेटा, एस.एम.एस. सेवाका साथै  कर्पोरेट ग्राहकले माग गर्दै आएको आफ्ना कर्मचारी बीच बिना शुल्क कुरा गर्न सकिने निःशुल्क सि.यु.जी. सेवाको मज्जा लिन सक्नेछन् ।
 
निःशुल्क सि.यु.जी. सेवाले कम्पनीलाई बिना कुनै शुल्क आफ्ना कर्मचारीसँग अथाह कुरा गर्न सम्भव बनाउँछ । साथै एनसेल बिजमा सम्पूर्ण कर्पोरेट ग्राहकहरुका लागी समान तथा सरल ट्यारिफ योजना पनि रहेको छ ।
 
एनसेल बिजको बिज ‘२९९’ योजनामा अब एनसेलका कर्पोरेट ग्राहकले मात्र २ सय ९९ रुपैयाँको मासिक शुल्कमा कुनै पनि नेटर्वकमा ७५ मिनेटको टक टाइम, २५ एम.बी. डेटा तथा २५ एस.एम.एस. का साथै निःशुल्क सि.यु.जी. सेवाको मज्जा लिन सक्नेछन् । त्यस्तै ‘बिज ४९९’ अन्तर्गत मासिक शुल्क  ४ सय ९९ रुपैयाँमा ग्राहकले कुनै पनि नेटर्वकमा ३५० मिनेटको टक टाइम, ५० एम.बी. डेटा तथा ५० वटा एस.एम.एस. र निःशुल्क सि.यु.जी. सेवा प्राप्त गर्नेछन् ।
 
त्यसैगरी ‘बिज ९९९’ अन्तर्गत ग्राहकले मासिक ९ सय ९९ रुपैयाँमा कुनै पनि नेटर्वकमा ५५० मिनेटको टक टाइम, ५५० एम.बी. डेटा तथा १५० वटा एस.एम.एस. र निःशुल्क सि.यु.जी. सेवा  प्राप्त गर्न सक्नेछन् । शुल्क कर सहित हुन् । एनसेल बिज यही भदौ १८ गतेबाट लागू हुनेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411