​नेप्से ७ अंकले घट्यो, ५६ करोड रुपैयाँको सेयर कारोबार

बिहीवार, भाद्र १७, २०७२ साल,
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा उच्च गिरावट आएको छ । बजार २२ अंकले घटेर ११६९.४० अंकमा झरेको हो ।
 
सुचकमा गिरावट आएपनि कारोबार रकम भने प्रभावित भएको छैन । दिनभरीमा ५५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । कुल कारोबारमध्ये १४ करोड २२ लाख रुपैयाँ एभरेष्ट बैंकको मात्र छ ।
 
एभरेष्टका अध्यक्ष बिके श्रेष्ठले अर्को संस्था खरीद गर्न आफ्नो मातहतका सेयरहरु बिक्री गरिरहेका छन् । उनले गत साताबाट सेयर बिक्री गर्न थालेका हुन् । 
 
एभरेष्टपछि नेपाल लाइफको तीन करोड ५३ लाख रुपैयाँको संस्थापक सेयर बिक्री भएको छ । सिटिजन्स बैंकको पनि दुई कराकेड २७ लाख र सानिमाको दुई करोडको सेयर कारोबार भएको छ । दुबै बैंकले २० प्रतिशत वोनस सेयर दिने निर्णय गरेका छन् ।
 
चिलिमेको दुई करोड ५२ लाखको सेयर कारोबार भएको छ । नबिलको एक करोड ८१ लाख, कुमारीको एक करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
 
व्यापार र अन्य वाहेक जम्मै सुचक झरेका छन् । बैंकिङ २६ अंकले घटेको छ भने बिमा १३७ अंकले ओरालो लागेको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411