​​भारत दोस्रो ठूलो स्टिल उत्पादक मुलुक हुने

मंगलवार, पौष २२, २०७१ साल,
​कोलकाता, पुस २२ । आर्थिक वर्ष २०१५–१६ मा भारत विश्वकै दोस्रो ठूलो स्टिल उत्पादक मुलुक हुने भएको छ । हालको १० करोड मेट्रिकटनको उत्पादन बढाएर आर्थिक वर्ष २०१५–१६ मा ११ करोड २५ लाख टन पुग्ने अनुमान गरिएको छ । सबै सूचकहरूले उत्पादन र उपभोग दुवैको दृष्टिकोणबाट भारत दोस्रो स्थानमा उक्लने फ्रस्ट एन्ड सुलिभानका विश्लेषकले बताएका छन् । 

उत्पादनको दृष्टिकोणबाट भारत हाल चौथो स्थानमा छ । पूर्वाधारको विकास र अटोमोटिभ उद्योगले बढाएको मागले उत्पादन आगामी २०१६ को अन्त्यसम्ममा १४ करोड मेट्रिकटन पुग्ने अपेक्षा गरिएको छ ।

यसैगरी उपभोग पनि २०१७ सम्ममा हालको अवस्थाबाट ६.८ प्रतिशतको वृद्धि हुने अपेक्षा गरिएको छ । पुरानो र कमजोर बनेको पूर्वाधारको अवस्थामा पनि स्टिल उत्पादन र प्रयोगको दृष्टिकोणबाट भारत अगाडि बढिरहेको विश्लेषणले देखाएको छ । निर्माण, पूर्वाधार, अटोमोटिभ र ऊर्जाको क्षेत्रमा पुँजी प्रवाह गरेर भारत सरकार आर्थिक वृद्धिदर उकास्ने पक्षमा देखिएको छ । यसले पनि आगामी दिनमा स्टिल उद्योगमा वृद्धि हुने देखिएको छ ।

२०१३ मा भारतको स्टिल उत्पादनको कुल क्षमता १० करोड २० लाख टन भए पनि यसको ८० प्रतिशत मात्रै उत्पादन हुँदै आएको थियो ।

राज्य स्वामित्वको स्टिल अथोरिटी अफ इन्डियाले पनि २ करोड ७० लाख मेट्रिकटन उत्पादन गर्दै आएको छ । एजेन्सी

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411