​नेप्सेमा ९ अंकको गिरावट, ६६ करोड ४० लाख रुपैयाँको सेयर कारोबार

मंगलवार, भाद्र १५, २०७२ साल,
काठमाडौं । सोमबार बजार परिसुचक ओरालो लागेको छ । कुल १३६ कम्पनीको कारोबार भएको बजारमा नेप्से सुचक भने ८।८१ अंकले घटेको छ । बजारमा ६६ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
 
बैंकिङ र नेपाल टेलिकम सुचिकृत अन्य सुचक घटेका कारण समग्र बजार प्रभावित भएको हो । अन्य सुचक ३.५२ अंक र बैंकिङ १३.१९ अंकले घटेका छन् । बिमा पनि ६६ अंकले ओरालो लागेको छ । जलविद्यूत् ११.२४ अंकले घटेको छ । बाँकी सुचक भने बढेका छन् । 
 
होटल २९, विकास बैंक ५.५७, फाइनान्स २ र उत्पादनमूलक २८.३९ अंकले बढेको छ । दिनभरीमा बैंकिङ समूहको मात्र ३४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । 
 
बजारमा नेपाल इन्भेष्टमेन्ट बैंक संस्थापक पाँच करोड २५ लाख, नेशनल लाइफ तीन करोड ३६ लाख, लुम्बिनी बैंक दुई करोड ९२ लाख, ग्लोबल आइएमइ संस्थापक दुई करोड ४५ लाख, प्रभु बैंक दुई करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 
 
मालिका विकास, नेको इन्स्योरेन्स, साइन रेसुङ्गा र यति विकास बैंकका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा कमाएका छन् । गुमाउनेमा सुर्या लाइफ, कावेली विकास, नबिल ब्यालेन्स फन्ड–१, रिलायवल डेभलपमेन्ट र एसियन लाइफ छन् । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411