​सिद्धार्थ बैंकको एसडिबिएल सुुरक्षित घर योजना, बिमाका लागि सिद्धार्थ र प्राइम बीच सम्झौता

मंगलवार, भाद्र १५, २०७२ साल,
काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंकले घरकर्जा लिने ग्राहकलाई लक्षित गर्दै न्युनतम ब्याजदरमा एसडिबिएल सुुरक्षित घर योजना ल्याएको छ। यो योजनामा ऋणीको बिमा समेत हुने सिद्धार्थ डेभलपेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले जानकारी दिएका छन्।
 
सिद्धार्थबाट एसडिबिएल सुरक्षित घर योजना अन्र्तगतको ऋण लादाँ उक्त ऋणीको बिमा प्राइम लाइफ इन्स्योरेन्सले गर्ने एक सम्झौता समेत भएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा मंगलबार सिद्धार्थ र प्राइम लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको हो।
 
कार्यक्रममा बोल्दै सिद्धार्थ डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत मिश्रले भने ‘यो योजना अन्र्तगत ऋणलानेहरुको अब प्राइम लाइफ इन्स्योरेन्समा जीवन बिमा समेत गरिनेछ।’ यो योजना अन्तरगत ऋण लीनेहरुको सावधिक जीवन बिमा गरिनेछ।  साथै बिमाको अवधि समाप्त भएपछि ऋणीलाई एकमुस्ट बोनस भुक्तानी गरिनेछ।
 
त्यस्तै यो योजना अन्र्तगत ५ लाखदेखि १ करोड रुपैयाँसम्म ऋण लिने सक्नेछन्। साथै यसको अवधि भने १० देखि २० वर्षको रहनेछ। यस योजनाका ग्राहकले मासिक रुपमा कर्जाको ब्याज तिर्नुपर्ने र बैंकले  बिमा कम्पनीलाई उक्त ऋणीको सावधिक जीवन बिमाको प्रिमियम भुक्तान गर्नेछ। साथै यो ऋणमा ११ प्रतिशत ब्याजदर निर्धारण गरिएको सिद्धार्थ डेभलपमेन्टले जानकारी गराएको छ।
 
प्राइम लाइफ इन्स्योरेन्सका मनोज कुमार भट्टराईले अहिलेसम्म नेपालमा व्यक्तिगत अभिकर्तालाई मात्र बिमा कम्पनीले जोड दिएका कारण बिमाको ब्यापकता आउन नसकेको बताएका छन्। सँस्थागत अभिकर्तासंगको सहकार्यले बिमाको व्यवसाय फस्टाउने सोचका साथ सिद्धार्थसंग सम्झौता गरिएको उनले जानकारी दिए। साथै उनले आगामी दिनमा प्राइम लाइफ इन्स्योरेन्सले सँस्थागत अभिकर्तालाई जोड दिने बताएका छन्।  

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411