सेयर बजार दुई अंकले बढ्यो, कारोबार रकममा बृद्धि देखियो

सोमबार, पौष २१, २०७१ साल,
काठमाडौं पुष २१ । नेप्से परिसूचक सोमबार पनि बढेको छ । स्टक एक्स्चेन्जको तथ्यांक अनुसार परिसूचक २.२७ अंकले बढेर बजार बन्द भयो ।

बैंक, इन्स्योरेन्स र जलविद्यूतले बजारलाई माथि उठाएका हुन् । बाणिज्य बैंक समूहको परिसूचक २.३५ अंकले बढेको छ । इन्स्योरेन्सको १०.२६ र जलविद्युतको ९.५८ अंकले परिसूचक बढ्यो । राजनीतिक निकासका लागि चौतर्फि प्रयास हुनथालेपछि बजारले पनि सकारात्क प्रतिक्रिया व्यक्त गरेको हो । विहान बजार नेप्से ९१७.५ थियो भने बजार बन्द हुँदा नेप्से ९१९.७७मा रोकियो ।

दिनभर बजारमा उतार चढाव देखियो । नेप्से दिउँसो ९३० अंकसम्म पुग्यो । यो विन्दुमा पुगेको बजार टिक्न सकेन र फेरि ओर्लिएर ९१५ अंकसम्म आइपुगेको थियो ।

कारोबार रकम पनि सुध्रिएको छ । आइतबार २६ करोड रुपैयाँको सेयर किनबेच भएकोमा मंगलबार ३२ करोड ४१ लाख पुग्यो । कारोबार रकममा भएको बृद्धिले कजारमा लगानीकर्ताको चाप बढेको देखाउँछ । सोमबार साधारण सेयर ३० करोड र सस्थापक सेयर दुई करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

आइतबार मात्रै कारोबार खुलेको प्रभु बैंकको सेयर कारोबारमा सोमबार पनि सर्किट ब्रेक लाग्यो । यो बैंकको सेयर मुल्य १० प्रतिसत बढेर प्रतिकित्ता २४९ रुपैयाँ पुग्यो । त्यस्तै कालिका माइक्रोफाइनान्सको मुल्य पनि प्रतिकित्ता आठ प्रतिसतले बढ्यो भने जनता बैंकको सेयर मुल्य पाँच प्रतिसत बढ्यो ।

बाणिज्य बैंक र लघुवित्तको सेयरमा धेरै माग रहेको ब्रोकर कम्पनीहरुले जनाएका छन् । साधारणतर्फ सबैभन्दा बढी सिभिल बैंक र प्रभू बैंकको एक/एक लाख कित्ता सेयर किनबेच भयो । मंगलबारदेखि बुक क्लोज हुनेभएको कारण सोमबार धेरै कित्ता सेयर किनबेच भएको हो । नेशनल हाइड्रोको ४२ हजार कित्ता सेयर किनबेच भयो । त्यस्तै नेपाल बैंकको ३५ हजार कित्ता, माछापुच्छ बैंकको २० हजार कित्ता, बंगलादेश बैंकको २१ हजार कित्ता, सानिमा बैंकको १७ हजार कित्ता सेयर किनबेच भयो ।

प्रभु बैंकको एक लाख २६ हजार कित्ता सस्थापक सेयर किनबेच भयो । त्यस्तै सुप्रिम डेभलपमेन्ट बैंकको पनि ६७ हजार कित्ता सस्थापक सेयर किनबेच भयो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411