​अपि हाइड्रोको शेयर बाँडफाँड, १० कित्ता देखि २६ कित्तासम्म एक लाख ४८ हजार ६१६ जनाले पाए

मंगलवार, भाद्र १५, २०७२ साल,
काठमाडौं । अपि हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरेको ३० लाख कित्ता प्राथमिक शेयरको बाडँफाँड भएको छ । ३० लाख कित्ताका लागि ३५ जना कर्मचारी सहित १ लाख ८५ हजार १ सय २३ आवदेन परेकोमा १ लाख ४८ हजार ६ सय १६ जना आवेदकले अपिको शेयर प्राप्त गरेका छन ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध एनआईबिएल क्यापिटलका अनुसार सय रुपैयाँ अकित दरका ३० लाख कित्ता शेयरका लागि ९ करोड ७८ लाख ४७ हजार ३ सय ५० कित्ता आवदेन परेको थियो । २ सय १८ आवेदनको रितपूर्वक दरखास्त नपरेको पनि कम्पनीले जनाएको छ ।
 
यो कम्पनीले माग गरेको भन्दा झण्डै ३२ दशमलव ६१ गुणाले बढि आवेदन परेको थियो । गत आषाढ २४ गते प्राथमिक शेयर निष्काशन गरेको कम्पनीले ९० हजार कित्ता कर्मचारीलाई, डेढ लाख कित्ता सामुहिक लगानीकोषलाई छुट्याएको थियो ।एनआइबीएल क्यापीटलका अनुसार ३२ हजार रुपैयाँ सम्मका आवेदकले १० कित्ता शेयर पाएका छन । त्यसैगरी ७८ हजार रुपैयाँ सम्मकाले २० कित्ता, एक लाख रुपैयाँ सम्मकाले २६ कित्ता शेयर प्राप्त गरेका छन । 

अपीले सर्वसाधरणका लागि ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो । आवेदकले १ सय रुपैंया अंकित दरले कम्तीमा ५० कित्तादेखि बढीमा १ हजार कित्ता शेयरका लागि आवेदन दिनसक्ने व्यवस्था रहेको थियो ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411