​बिमा समुह ३ सय ८८ अंकले बृद्धि हुँदा समग्रमा नेप्से १६ अंकले बढ्यो, ६१ करोड रुपैयाको कारोबार

सोमबार, भाद्र १४, २०७२ साल,

काठमाडौं । सेयर बजारको बिमा समूहमा सोमवार ३ सय ८८ अंकको भारी बृद्धि भएको छ। लगानीकर्ताको आकर्षण बिमामा बढेपछि बिमा समूहमा भारी बृद्धि भएको हो।  जुन बृद्धिदर प्रतिशतका हिसावले झण्डै साढे ७ प्रतिशत हो। सो अंकको बृद्धिपछि बिमा समूहको अंक ५ हजार ५ सय ६७ मा कायम भएको छ। 
 
बिमा समूहको उच्च बृद्धिमा बैंकिङ समूहले पनि साथ दिएपछि समग्र सेयर बजारमा १६ अंकको बृद्धि भएको छ। सबैभन्दा ठूलो बैंकिङ समूह ६ अंकले बढ्यो। त्यस्तै होटल र बिकास बैंक समूह पनि क्रमशः १३ र १७ अंकले बढेका छन्। 
 
हाइड्रो र अन्य समूह भने घटेका छन्। हाइड्रोमा ५ र अन्य समूहमा करिब १३ अंकको गिरावट आएको छ।  सोमवारको सेयर बजारमा १ सय ३२ कम्पनीको ९ लाख ३१ हजार ८ सय ६० कित्ता सेयर किनबेच भयो। ति सेयरहरुको किनबेचबाट ६१ करोड ३३ लाख रुपैयाँ बराबरको कारोवार भएको थियो। 
 
नेसनल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ६ करोड ५३ लाख रुपैयाँको सेयर कारोवार भयो। त्यसपछि एभरेष्ट बै.कको ५ करोड ३४ लाख, संस्थापक नविल बैंकको ३ करोड ७९ लाख र कुमारी बैंकको ३ करोड ६६ लाख रुपैयाँको सेयर कारोवार भयो। 
 
नाफाका आधारमा कुमारी बैंक तथा नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १०–१० प्रतिशत सेयर नाफा कमाए। गुराँस र नेसनल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले पनि झण्डै १० प्रतिशत नाफा कमाए। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411