​२५० रुपैयाँमा युटिएलको ५६ दिनसम्म असिमित इन्टरनेट योजना

सोमबार, भाद्र १४, २०७२ साल,

काठमाडौ । युनाइटेड टेलिकम लिमिटेडले दशैँ लगायतका चाडपर्वको अवसरमा मात्र २५० रुपैयाँमा ५६ दिनसम्म असिमितरुपमा इन्टरनेट चलाउन मिल्ने विशेष डाटा प्याक योजना ल्याएको छ।
 
यो योजना अन्तर्गत यही भदौ १५ देखि असोज ८ गते भित्र युटिएलको डाटाप्याक सिम खरिद गरी ग्राहकले उक्त असिमित इन्टरनेट सुविधा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ।
 
भदौ १५ गते डाटाप्याक सिम किन्नेहरुले ५६ दिनसम्म र योजनाको अन्तिम दिन अर्थात् असोज ८ गते सिम किन्नेहरुले भने ३२ दिनसम्म असिमित रुपमा इन्टरनेट चलाउन सक्ने बताइएकोछ।
 
साथै यो योजना नयाँ डाटा सिम खरिदमा मात्र लागू हुने पनि बताइएको छ। यसअघिका डाटा प्याकेजहरुमा भने यो योजना लागू हुने छैन।
 
योजनाको अवधि समाप्त भइसकेपछि उक्त डाटा प्याक स्वतः नियमित इन्टरनेट सेवामा परिणत हुने र त्यसवापत ग्राहकले मासिक ५ सय ६५ रुपैयाँ रिचार्ज गरी सेवा सुचारु गर्नसक्ने पनि कम्पनीले बताएको छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411