​विद्युत प्राधिकरणको कर्मचारीलाई भ्रष्टाचार मुद्दा

सोमबार, पौष २१, २०७१ साल,
काठमाडौं पुष २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणकी तत्कालीन वरिष्ठ सहायक इन्दिरा सुवेदी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बढुवा प्रयोजनको लागि शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको पाइएपछि अख्तियारले सुवेदीविरुद्ध सोमबार मुद्दा दायर गरेको हो ।

उनले बिहार इन्टरमिडियट एजुकेशन काउन्सिल पटना भारतबाट सन् १९९२ मा आई.ए. उत्तिर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेकी थिइन् । सो प्रमाणपत्र नक्कली एवं झुट्ठा देखिन आएको अख्तियारको ठहर छ ।

सुवेदीलाई साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ ९१० बमोजिम हदैसम्मको दण्ड सजाय हुन मागदावी गरिएको अख्तियारले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411