बिमा समूहमा २ सय ३१ अंकको बृद्धिपछि ८ अंकले बढयो नेप्से

बिहीवार, भाद्र १०, २०७२ साल,
काठमाडौं । साताको अन्तिम दिन बिमा समूह चम्किएपछि समग्र सेयर बजार नै उचालिएको छ।
 
बिमा समूहमा २ सय ३१ अंकको बृद्धि भएको छ। बिमा समूहमा ठूलो अंकको बृद्धिपछि सबैभन्दा ठूलो समूह बैंकिङ समूह ऋणात्मक बने पनि सेयर बजार ८ अंकले उकालो लाग्यो। 
 
बिमा समूहसँगै हाइड्रो, उत्पादन र विकास बैंक समूहको पनि सेयर बजार बढाउनका लागि सहयोग पुग्यो। हाइड्रोमा २३, विकास बैंकमा ९. ७५ र उत्पादन समूहमा १ सय ११ अंकले बृद्धि भयो। 

होटल र अन्य समूह पनि यस दिन ऋणात्मक रहे। बिमातिर लगानीकर्ताहरु आकर्षित भएपछि सेयर बजारमा कारोवार रकम पनि बढेको छ। साढे १० लाख कित्ता सेयर किनबेच हुँदा ८२ करोड ४६ लाख रुपैयाँ बराबरको कारोवार भयो। यस दिन १ सय ३९ कम्पनीको सेयर कारोवार भएको थियो। 
 
यस दिन एभरेष्ट बैंकको उच्च रकमको सेयर कारोवार भएको छ। उसको ३७ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोवार भएको छ। त्यसपछि नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ५९ लाख तथा नविल बैंकको संस्थापक सेयर ३ करोड बढीको कारोवार भयो। 
 
नाफाका आधारमा यति डेभलपमेन्ट बैंक र गुराँस लाइफ इन्स्योरेन्सका लगानीकर्ता अगाडि रहे। ति लगानीकर्ताले १० प्रतिशत नाफा कमाए। त्यस्तै निको इन्स्योरेन्स, सुर्य लाइफ इन्स्योरेन्स र तिनाउँ विकास बैंकका लगानीकर्ताले पनि ९ प्रतिशत बढी सेयर नाफा कमाए। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411