​बैंकिङ समूहको घाटाले समग्र सेयर बजार घट्यो

बुद्धबार, भाद्र ९, २०७२ साल,

काठमाडौं । बैंकिङ समूहमा गिरावट आउँदा बुधवार समग्र सेयर बजार ओर्लिएको छ। समूहगत रुपमा सबैभन्दा ठूलो हिस्सा रहेको बैंकिङ समुहको अंक ५ दशमलव ५२ अंकले झरेपछि सेयर बजारमा ५ दशमलव ८४ अंकले गिरावट आयो। 
 
बिमा समूहमा ६३, होटल समूहमा १३ र विकास बैंक समूहमा २ अंक बढे पनि नेप्से उचालिन सकेन। त्यस्तै अन्य समूहमा ३८ अंकको गिरावट आएको छ भने हाइड्रो समूह पनि ४ अंकले ओर्लिएको छ। 
 
बुधवारको कारोवारपछि सेयर बजार झरेर १ हजार १ सय ७५ अंकमा कायम भएको छ।  यस दिन कुल १ सय ३० कम्पनीको ८ लाख ५७ हजार कित्ता सेयर किनबेच भयो। जम्मा २९ करोड ८० लाख रुपैयाँको सेयर कारोवार भएकोमा प्रभु बैंकको सबैभन्दा धेरै रकमको कारोवार भयो। उसको २ करोड १६ लाख रुपैयाँको सेयर कारोवार भएको छ। 
 
त्यस्तै नेसनल लाइफ इन्स्योरेन्स कम्पनी, एभरेष्ट बैंक, सनराइज बैंक, नेपाल बंगलादेश बैंक, चिलिमे हाइड्रो, ग्लोबल आईएमई बैंक तथा सिटिजन्स बैंक र निक एसिया बेंकको पनि १ करोडभन्दा धेरै रकमको सेयर कारोवार भयो। 
 
सेवा विकास बैंकका सेयर लगानीकर्ताले १० प्रतिशत सेयर नाफा कमाए। त्यस्तै कालिन्चोक विकास बैंक, नेपाल इन्स्योरेन्स, जेविल्स फाइनान्सका लगानीकर्ता पनि ९–९ प्रतिशत बढी सेयर नाफामा रहे। सांग्रीला डेभलपमेन्ट बैंक र आइसीएफसी फाइनान्सका लगानीकर्ता प्रतिशतका आधारमा उच्च सेयर नोक्सानमा रहे। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411