​सेयर बजार झिनो अंकले झर्यो, ३३ करोडको कारोवार

मंगलवार, भाद्र ८, २०७२ साल,

काठमाडौं । साताको पहिलो दिनदेखि घट्दै गएको सेयर बजारको अंक मंगलवार पनि ऋणात्मक भएको छ। बजारमा कारोवार रकममा पनि गिरावट आएको छ। मंगलवार जम्मा ३३ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोवार भएको छ। १ सय २८ कम्पनीको ७ लाख ७८ हजार कित्ता सेयर किनबेच भएको छ। 
 
नेप्से जम्मा शून्य दशमलव ३४ अंकले झरेको छ। विकास बैंक र अन्य समूहबाहेक सबै समूह ओर्लिएका छन्। कारोवार सुरु भएको आधा घण्टासम्म उच्च दरमा घटेको सेयर बजार त्यसपछि सम्हालिएको हो। साढे १२ बजे ११ सय ६७ अंकमा झरेको बजार ११ सय ८१ अंकमा पुगेर कारोवार बन्द भएको छ। 
 
होटल समूहमा सबैभन्दा धेरै ३०.९२ अंकको गिरावट रह्यो भने अन्य समूहमा २४.६६ अंकको बृद्धि भएको छ। त्यस्तै बैंकिङ समूहमा ५. ५८ अंकको गिरावट रह्यो। 

प्रभु बैंकको ३ करोड ८२ लाख रुपैयाँको सेयर कारोवार भएको छ। १ करोडभन्दा धेरै रकमको सेयर कारोवार गर्ने कम्पनीहरुमा नेपाल बंगलादेश बैंक, चिलिमे हाइड्रो, ग्लोबल आईएमई बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सिटिजन्स बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक तथा बैंक अफ काठमाण्डु रहेका छन्। 
 
तिनाउ विकास बैंक, त्रिवेणी विकास बैंक, प्रोफेसनल दियालो विकास बैंकका लगानीकर्ताले ९ प्रतिशतभन्दा धेरै सेयर नाफा कमाए। यूनिक फाइनान्स र रिलायन्स लोटस फाइनान्सका लगानीकर्ताले भने ९ प्रतिशतभन्दा धेरै सेयर नाफा गुमाए। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411